साढे ५ प्रतिशतले बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति लाग्छ ?
इन्धनको मूल्य १६ प्रतिशतले बढेका कारण स्वचालित प्रणाली अनुसार भाडा बढेको विभागले जनाएको छ।
काठमाडौं, असार ६ : यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको छ।
सोमबार सूचना जारी गर्दै विभागले लामो दुरीम चल्ने यात्रुवाहक सवारी साधनमा साढे पाँच प्रतिशत भाडा बढाइएको जानकारी दिएको हो । इन्धनको मूल्यमा १६ प्रतिशतले बढेका कारण स्वचालित प्रणाली अनुसार भाडा बढेको विभागले जनाएको छ ।
मालवाहकको हकमा पहाडी बाटोमा सञ्चालन हुने सवारी साधनमा ६ दशमलव ९४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ७ दशमलव ७ प्रतिशत भाडा बढाइएको विभागले जानकारी दिएको छ।
वृद्धि गरिएको भाडादर आजैदेखि लागू हुनेसमेत विभागले जनाएको छ।
कहाँको भाडादर कति छ ?
प्रकाशित मिति: १३:०१ बजे, सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











