Kathmandu Press

मूल्यवृद्धिको कारण माग्दै राप्रपाले नेपाल आयल निगमलाई बुझायाे पत्र

काठमाडाैं, असार ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ।सोमबार राप्रपाका प्रवक्ता...
मूल्यवृद्धिको कारण माग्दै राप्रपाले नेपाल आयल निगमलाई बुझायाे पत्र

काठमाडाैं, असार ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ।

सोमबार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गदै निगमलाई पत्र बुझाएको हो।

राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, सुद्धिकरण चार्ज, कर, भाडा दर लगाएतका बिषयमा जानकारी माग गरेको छ। त्यस्तै नेपालका भिभिआपीलाई बर्षमा कति तेल उपलव्ध गराइन्छ र निगम कर्मचारीहरुको बोनस कति छ भन्ने पत्र बुझाइएको शाहीले बताए।

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएपछि विरोध सुरु भएको छ। 

प्रकाशित मिति: १३:०१ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्