७ प्रश्नको जवाफ माग्दै राप्रपाले निगमसँग माग्यो मूल्यवृद्धिको कारण (पत्रसहित)
काठमाडौं, असार ६ : पेट्रोलियम पदार्थको मूल्य एकैपटक ठूलो परिमाणले वृद्धि गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आयल निगमसँग मूल्यवृद्धिको कारण मागेको छ। प्रवक्ता तथा विभाग प्रमुख...
काठमाडौं, असार ६ : पेट्रोलियम पदार्थको मूल्य एकैपटक ठूलो परिमाणले वृद्धि गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आयल निगमसँग मूल्यवृद्धिको कारण मागेको छ।
प्रवक्ता तथा विभाग प्रमुख ज्ञानेन्द्र शाहीले हस्ताक्षर गरेको पत्रमार्फत राप्रपाले आयल निगमलाई ७ प्रश्नको जवाफ माग्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण माग गरेको हो।
राप्रपाले चौतर्फी महंगीका कारण जनता मारमा परेको बेला पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर थप सास्ती दिएको बताएको छ ।
निगमले आइतबारदेखि राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा एकैपटक २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँले मूल्यवृद्धि गरेको थियो । मूल्यवृद्धिपछि पेट्रोलको प्रतिलिटर मूल्य १९९ पुगेको छ भने डिजेल १९२ रुपैयाँमा बिक्री भइरहेको छ।
यस्तो छ राप्रपाले निगमलाई पठाएको पत्र 
प्रकाशित मिति: १२:४७ बजे, सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











