रविलाई उछिनेर दाई हरिशरणले गरे काठमाडौं–३ बाट उम्मेदवारी दिने घोषणा
काठमाडौं, असार ६ : पत्रकार रवि लामिछाने आगामी संघीय निर्वाचनमा उम्मेदवार बन्ने चर्चा चलिरहँदा उनका साख्य दाई हरिशरण लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ बाट...
काठमाडौं, असार ६ : पत्रकार रवि लामिछाने आगामी संघीय निर्वाचनमा उम्मेदवार बन्ने चर्चा चलिरहँदा उनका साख्य दाई हरिशरण लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
रबिले पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरिरहेको बेला भाईलाई उछिनेर हरिशरणले उम्मेदवारी घोषणा गरेका हुन्। उनले स्वतन्त्रहरुको एलायन्स समेत घोषणा गरेका छन्।
रविले पनि स्वतन्त्रलाई साथमा लिएर अगाडि बढ्ने र त्यसका लागि वृहत भेला आयोजनाको तयारी गरेका थिए । त्यसअगावै उनका दाईले स्वतन्त्रहरुको एलायन्स घोषणा गर्दै प्रेस नोट समेत जारी गरेका छन् । स्वतन्त्र सञ्जालका तर्फबाट उनले जारी गरेको प्रेस नोटमा काठमाडौं क्षेत्र नम्बर १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले उम्मेदवारी दिने घोषणा समेत गरेका छन्।
बाँकी विषयमा छलफल गर्नका लागि असार १७ र १८ गते राष्ट्रिय भेलाले तय गर्ने जानकारी दिएका छन्।











