Kathmandu Press

अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित ९ जना निलम्बित

काठमाडौं, असार ६ : नेकपा माओवादी केन्द्र निकट भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जना निलम्वनमा परेका छन्।संगठबनविरोधी गतिविधि गरेको भन्दै आइतबार...
अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित ९ जना निलम्बित

काठमाडौं, असार ६ : नेकपा माओवादी केन्द्र निकट भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जना निलम्वनमा परेका छन्।

संगठबनविरोधी गतिविधि गरेको भन्दै आइतबार बसेको बैठकले उपाध्यक्ष कार्कीसहित ९ जनालाई निलम्बन गर्ने निर्णय गरेको हो। 

उनीहरुलाई अनिश्चितकालका लागि निलम्बन गरिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए।  अखिल क्रान्तिकारीको आइतबारको बैठकमा कुटाकुट भएको थियो।

 बैठकमा हो–हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको थियो। कार्की सहितका विद्यार्थी नेताहरूलाई बाहिर निकालेपछि क्रान्तिकारीको बैठक सुरू भएको थियो।
 

प्रकाशित मिति: ११:५३ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्