Kathmandu Press

एसीसी च्याम्पियनसिपमा बहराइनसँग भिड्दै नेपाल

काठमाडौं, असार ६ : एसीसी महिला टी-२० च्याम्पियनसिपमा आज नेपाल र बहराइनबीच प्रतिस्पर्धा हुँदै छ।मलेसियाको किनरारा ओभलमा नेपाली समयअनुसार, आज बिहान ८ः१५ बजे...
एसीसी च्याम्पियनसिपमा बहराइनसँग भिड्दै नेपाल

काठमाडौं, असार ६ : एसीसी महिला टी-२० च्याम्पियनसिपमा आज नेपाल र बहराइनबीच प्रतिस्पर्धा हुँदै छ।

मलेसियाको किनरारा ओभलमा नेपाली समयअनुसार, आज बिहान ८ः१५ बजे नेपाल र बहराइनको खेल हुनेछ।

नेपाल आज तेस्रो खेलमा जितका लागि मैदानमा उत्रिनेछ। नेपालले यसअघिका दुवै खेल जितेको छ।

नेपालले पहिलो खेलमा भूटानलाई ५० रनले र कुवेतलाई २५ रनले हराएको थियो। नेपाल चार अंकसहित शीर्षस्थानमा छ।

त्यस्तै, भने दुई खेलमा एक अंक जोडेर चौथा स्थानमा छ। बहराइनले एक खेल हारेको थियो भने दोस्रो खेल अंक बाँडेको थियो।

 

प्रकाशित मिति: ०७:३७ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्