Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, असार ६ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोलमा प्रतिलिटर २१, डिजेल र मट्टितेलमा २७ तथा हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १९ रुपैयाँले बढाएको निगमले जनाएको छ।

अब पेट्रोल प्रतिलिटर १९९, डिजेल र मट्टितेल १९२ तथा हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर १८२ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।

प्रकाशित मिति: ०६:३७ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्