भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेसहित २१ जनाले पाए सफाई
काठमाडाैं, असार ५ : विशेष अदालतले सिक्टा सिंचाई आयोजनामा भएकाे भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका निर्माण व्यवसायी विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिएको छ।...
काठमाडाैं, असार ५ : विशेष अदालतले सिक्टा सिंचाई आयोजनामा भएकाे भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका निर्माण व्यवसायी विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिएको छ। विशेष अदालतको आइतबारकाे फैसलासँगै पूर्व–आयोजना प्रमुखहरु सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलिप बहादुर कार्की र रमेश बस्नेत लगायतले पनि सफाइ पाएका हुन्।
अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सिक्टा सिंचाई आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको भन्ने अख्तियारको दावीलाई अस्वीकार गरेको हो।
अख्तियारले सिक्टाको मूल नहरको डिजाइनमै त्रुटि भएको र निर्माणको क्रममा प्राविधिक, परामर्शदाता र निर्माण व्यवसायीले पर्याप्त ‘सुपरभिजन’ नगरेको भन्दै मुद्दा लगाएको थियो।
प्रकाशित मिति: २०:४९ बजे, आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











