Kathmandu Press

अब भीआईपीको हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य

अब भीआईपीको हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य

काठमाडौं,  असार ५ : नेपाल नागरिक उड्डयन प्राधिकरणले भीआईपीको हेलिकप्टर उडानमा २ जना पाइलट अनिवार्य गर्न निर्देशन दिएको छ ।

आइतबार प्राधिकरणले नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति (भीआईपी) को उडानमा दुई जना हेलिकप्टर पाइलट अनिवार्य रहनुपर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

आइतबार प्रवक्ता निरौलाले सार्वजनिकगरेको विज्ञप्तिमा स्वचालित प्रणालीले तोके बमोजिम हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने व्यवस्था हेलिकप्टर कम्पनीले गर्नुपर्ने उल्लेख गरिएको छ।

उड्डयन प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार दुई जना पाइलट राख्ने निर्णय भएको तीन वर्षभित्र पाइलटको पदपूर्तिको व्यवस्था अनिवार्य मिलाउनुपर्ने निर्णय समेत भएको छ। 

प्रकाशित मिति: २०:१० बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्