Kathmandu Press

एसबीआई मर्चेन्टले जित्यो एसबीएएन फुटसल कप

एसबीआई मर्चेन्टले जित्यो एसबीएएन फुटसल कप

काठमाडाैं, असार ५ : नेपाल स्टक ब्रोकर्स एसोसिएसन (SBAN) ले इभेन्ट कोर्ट प्रालिको व्यवस्थापनमा यहि जुन ११ देखि जुन १८ सम्म ढुकु फुटसल हबमा पहिलो पटक 'एसबीएएन क्यापिटल मार्केट फुटसल कप २०२२' सफलतापूर्वक आयोजना गरेको छ।

असार १८ गते भएको ग्राण्ड फाइनलमा नेपाल एसबीआई मर्चेन्टले मल्ल एण्ड मल्ल स्टक्सलाई ७-२ गोलअन्तरले पराजित गर्दै एसबान क्यापिटल मार्केट फुटसल कपको उपाधि जितेको छ। जितसँगै उसले प्रतिष्ठित ट्रफीका साथै ५० हजार नगद पुरस्कार पनि प्राप्त गर्यो।

उपविजेता भएको मल्ल स्टकले नगद २५ हजार प्राप्त गरेको छ। यसैगरी, तेस्रो स्थानको लागि भएको प्लेअफमा ओपल सेक्युरिटीजले लिन्च स्टकलाइ पराजित गरेको छ।

चार दिनसम्म चलेको समूह चरणमा ब्रोकर कम्पनी, धितोपत्र बोर्ड सदस्य, नेप्से, सीडीएससी, मर्चेन्ट बैंकलगायत ३६ वटा विभिन्न पुँजी बजार कम्पनीहरुको सहभागिता रहेको थियो ।

विजेता टोली तथा खेलाडीहरूलाई राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्का र एसबीएएन अध्यक्ष सन्तोष मैनालीसहित इभेन्ट कोर्ट प्रालिका अध्यक्ष तथा बुटवल लुम्बिनी एफसीका कार्यकारी प्रमुख राजकुमार तिमिल्सिना र ग्लोबल आइएमई बैंकका डेपुटी सीईओ सुरेन्द्र रेग्मीलगायतले ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरेका थिए।

प्रतियोगितामा ओपल सेक्युरिटीजका प्रदीप टण्डन 'प्लेयर अफ द टुर्नामेन्ट' घोषित भए भने एसबीआई मर्चेन्टका सुशील गौतम 'उत्कृष्ट गोलकिपर' घोषित भए। एसबीआई मर्चेन्टकै पूजन खड्काले कुल २१ गोल ​​गर्दै सर्वाधिक गोलकर्ताको उपाधि पनि जितेका छन्। जर्सी पसल नेपाल र बेन्चवार्मर्स नेपालले प्रत्येक खेलाडीलाई ५ हजार नगद पुरस्कारका साथै ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरेको थियो।

खेलपछि इभेन्ट कोर्ट प्रालिका कार्यकारी निर्देशक निरोज खतिवडाले क्यापिटल मार्केट्ससम्बद्ध कम्पनी तथा संस्थाहरू सहभागि भएको यो पहिलो प्रतियोगिता भएपनि आगामी दिनमा वार्षिक रूपमा आयोजना हुने घोषणा गरे।

प्रतियोगितामा बैंकिङ पार्टनर ग्लोबल आइएमई बैंक, मिडिया पार्टनर मेरो लागानी र वेब पार्टनर गोलनेपाल डट कम थिए भने जर्सी पसल नेपाल र बेन्चवार्मर्स नेपाल इभेन्ट सपोर्टर रहेका थिए।

प्रकाशित मिति: १९:५३ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्