Kathmandu Press

काठमाडाैंमा कल सेन्टर सञ्चालन गरी अमेरिकामा ठगी

नेपाल प्रहरीको साइबर ब्यूराेले दुई भारतीय र ११ नेपालीलाई आइतबार पत्रकार सम्मेलन गरेर १३ जना सार्वजनिक गरेको हाे।
काठमाडाैंमा कल सेन्टर सञ्चालन गरी अमेरिकामा ठगी

काठमाडाैं, असार ५ : नेपालमा कल सेन्टर सञ्चालन गरि अमेरिकामा बस्दै आएकाहरूलाई ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा निशान गैरे, मनिष तिवारी, विजय श्रेष्ठसहित ८ जना पुरुष र ५ जना महिला रहेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूराेले दुई भारतीय र ११ नेपालीलाई आइतबार पत्रकार सम्मेलन गरेर १३ जना सार्वजनिक गरेको हाे।

उनीहरूले सामाखुशीस्थित अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गर्दै आएकाे प्रहरीले जनाएकाे छ।

उनीहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरी पैसा ठगी गर्दै आएका थिए।

उनीहरुबाट ९० वटा कारोबार भएको देखिएपनि ती सबै ठगीकाे काराेवार हाे हाेइन अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १९:४९ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्