Kathmandu Press

आज पनि हेर्दाहेर्दैमा आईजीपी नियुक्तिविरुद्धको रिट 

काठमाडौं, असार  ५ : प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपक...
आज पनि हेर्दाहेर्दैमा आईजीपी नियुक्तिविरुद्धको रिट 

काठमाडौं, असार  ५ : प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि गत जेठ ३० गते पनि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो ।

प्रकाशित मिति: १८:३२ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्