अब काठमाडौं महानगरमा शनिबार पनि कर कार्यालय खोलिने
काठमाडौं, असार ५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार पनि कर कार्यालय खुल्ला राख्ने व्यवस्था मिलाइने जनाएका छन् ।आइतबार महानगरको नगर सभामार्फत...
काठमाडौं, असार ५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार पनि कर कार्यालय खुल्ला राख्ने व्यवस्था मिलाइने जनाएका छन् ।
आइतबार महानगरको नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका शाहले महानगरभित्रका करदाताहरूलाई सरल, सहज र सुविधासम्पन्न कर भुक्तानीको व्यबस्था गर्दै सार्वजनिक विदाको दिन शनिबार पनि कर कार्यालय खुल्ला रहने व्यवस्था मिलाउने बताएका हुन् ।
हाल भुक्तानीका लागि महानगरले अवलम्वन गर्दै आएको विद्युतीय भुक्तानीका प्रणालीहरूलाई समेत थप सहज र व्यवस्थित गराइने मेयर शाहले बताए ।
करको दरलाई थप गरिने भन्दा पनि व्यवस्थित गर्न वैज्ञानिक कर नीति लागू गर्दै करका क्षेत्र विस्तार गरिने उनले बताए ।
प्रकाशित मिति: १८:२५ बजे, आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











