Kathmandu Press

महानगरको नीति तथा कार्यक्रम : सांस्कृतिक प्रोफाइल प्रकाशनदेखि स्थानीय पेयपदार्थ ब्रान्डिङसम्म 

काठमाडौँ, असार ५ : आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आइतबार काठमाडाैँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । महानगरपालिकाका मेयर बालेन साहले संस्कृतितर्फ...
महानगरको नीति तथा कार्यक्रम : सांस्कृतिक प्रोफाइल प्रकाशनदेखि स्थानीय पेयपदार्थ ब्रान्डिङसम्म 

काठमाडौँ, असार ५ : आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आइतबार काठमाडाैँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । 

महानगरपालिकाका मेयर बालेन साहले संस्कृतितर्फ काठमाडाैँको जात्रा, मेला, पुजा, पर्व, परम्परागत जीवनशैली समेटिएको काठमाडौँ महानगरको साँस्कृतिक प्रोफाइल, ‘कल्चर प्रोफाइल अफ काठमाडाैँ सिटी’ प्रकाशित हुने घोषणा गरेका छन् । 

त्यस्तै, महानगरभित्रका मठमन्दिर, बहाल, चोक, हिटी बहाः बही लगायतका ऐतिहासिक धरोहरका परिचयात्मक ऐतिहासिकता खुल्ने गरी नेपालभाषामा नामाकरण पनि गरिने भएको छ । ऐतिहासिक हाँडीगाउँ क्षेत्रमा सम्पदा पुर्नउद्धार गर्दै होमस्टेको अवधारणा पनि महानगरपालिकाले  ल्याएको छ ।

त्यस्तै, यहाँका स्थानीय पेयपदार्थलाइ आवश्यक कानुनी प्रक्रियासहित अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गरिने जानकारी पनि मेयर साहले दिएका छन्। 

भागिनी सम्बन्ध रहेको अन्य देशका नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई काठमाडाँैको प्रमुख जात्रा इन्द्र जात्रामा निमन्त्रणा दिइने भएको छ । अमूर्त सम्पदातर्फका जात्रा, कला, गुठीलाई प्रदान गरिने सहयोगलाई निरन्तरता दिइने भएको छ । 
 

प्रकाशित मिति: १७:३४ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्