Kathmandu Press

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेस

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेस

काठमाडाैं, असार ५ : राष्ट्रिय सभाको बैठकमा विभिन्न विधेयकसम्बन्धी विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेस भएका छन्।

आइतबार बसेको बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य सांसद नारायण दत्त मिश्रले अध्यागमन बिधेयक, अनुगमन तथा मुल्याङ्कन बिधेयक, प्रतिलिपी अधिकार पहिलो संशोधन बिधेयक, बिद्युत बिधेयक पेस गरेका हुन्।

त्यस्तै  सार्वजनिक सेवा प्रसारण विधेयक,  खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक–२०७७ तथा सुरक्षण मुद्रण सम्बन्धी विधेयक–२०७७ को विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेस भएको छ।

त्यसअघि बैठकको विशेष समयमा सांसदहरु विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद अनिता देवकोटाले विकास सहायता परराष्ट्र नीतिलाई ख्याल गर्न सरकारलाई सुझाव दिए।

त्यस्तै सांसद खिमलाल देवकोटाले सरकारका कामहरु पारदर्शी हुनुपर्ने धारणा राखे। राष्ट्रियसभाको अर्को बैठक सोमबार बोलाइएको छ।

प्रकाशित मिति: १७:२८ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्