मदन भण्डारी मेमोरियल कलेजलाई महानगरले ५ करोड दिने
काठमाडौं, असार ५ : काठमाडौं महानगरपालिकाले मदन भण्डारी मेमोरियल कलेजको भवन निर्माणका लागि ५ करोड आर्थिक सहयोग दिने भएको छ। आइतबार महानगरको नीति तथा...
काठमाडौं, असार ५ : काठमाडौं महानगरपालिकाले मदन भण्डारी मेमोरियल कलेजको भवन निर्माणका लागि ५ करोड आर्थिक सहयोग दिने भएको छ। आइतबार महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन शाहले कलेज भवन निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।
त्यस्तै विपी कोइराला मेमोरियल ट्रस्ट अनुसन्धान केन्द्र भवन निर्माणका लागि ३ करोड आर्थिक सहयोग महानगरले गर्ने भएको छ। यसैगरी नेशनल चाइल्ड हेल्थ कियर अस्पताल निर्माणका लागि ४ करोड बजेट छुट्याइएको मेयर शाहले बताए।
क्षेत्रपाटी निःशुल्क चिकित्सालय भवन निर्माणका लागि पनि महानगरले बजेट विनियोजन गरेको छ । उक्त भवन निर्माणका लागि महानगरले ५ करोड आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको मेयर शाहले बताए।
प्रकाशित मिति: १७:१३ बजे, आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











