Kathmandu Press

कर्मचारी महासंघको अध्यक्षमा श्रेष्ठ

काठमाडाैं, असार ५ : सत्तारुढ माओवादी केन्द्रसम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन भएका छन्।राजधानीमा शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई...
कर्मचारी महासंघको अध्यक्षमा श्रेष्ठ

काठमाडाैं, असार ५ : सत्तारुढ माओवादी केन्द्रसम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन भएका छन्।

राजधानीमा शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो। यस्तै महासचिवमा प्रेम खनाल चयन भएका छन्। 

महासङ्घले आगामी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। महासङ्घको कूल १५५ सदस्यीय केन्द्रीय समिति रहेको छ। स्थानीय र प्रदेश समिति पनि छिट्टै चयन गर्ने महासङ्घले जनाएको छ। 

आज बिहान मात्रै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कर्मचारीलाई देश र जनताको हितमा काम गर्न निर्देशन दिएका थिए। उनले संघीय निजामती विधेयक पारित हुन नदिन निजामती कर्मचारी भित्रैको उच्च नेतृत्व लागिपरेकाले त्यसकाविरुद्ध सङ्घर्ष गर्न आग्रह गरेका थिए। 

महासङ्घका फ्याक्सन इञ्चार्जसमेत रहेकी ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले  देश र जनताको हित र भलो चिताइ आफ्नो भूमिका इमान्दार भएर निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिएकी थिइन्। देशभरका कर्मचारीको ट्रेन्ड युनियनमध्ये महासंक पनि एक हो। 

प्रकाशित मिति: १७:१० बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्