Kathmandu Press

जनकपुरधाम उपमहानगरका उपप्रमुख साहमाथि आक्रमण

जनकपुरधाम, असार ५ : जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि उनलाई ज्ञापनपत्र बुझाउन आउनेहरुको समूहबाटै आक्रमण भएको छ। जनकपुरधाम उपमहानगरपालिका–२३ मा अतिक्रमित जग्गा बेचबिखन हुन थालेको भन्दै...
जनकपुरधाम उपमहानगरका उपप्रमुख साहमाथि आक्रमण

जनकपुरधाम, असार ५ : जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि उनलाई ज्ञापनपत्र बुझाउन आउनेहरुको समूहबाटै आक्रमण भएको छ। 

जनकपुरधाम उपमहानगरपालिका–२३ मा अतिक्रमित जग्गा बेचबिखन हुन थालेको भन्दै खाली गराउन माग राखेर ज्ञापनपत्र बुझाउन आएको समूहकै एकजनाबाट साहमाथि हातपात भएकाे हाे।

स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान् कुटीलाई प्रदान गरेको १७ बिघा १५ कट्ठा जग्गा केही समययता टुक्राटुक्रा पारेर बेचबिखन हुन थालेको भन्दै त्यसलाई रोक्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन स्थानीय आएका थिए।

तर नगर प्रमुखलाई नभेटेपछि उनीहरुले उपप्रमुख साहलाई ज्ञापनपत्र बुझाए। ज्ञापन बुझेसँगै साहले उनीहरूलाई सम्बोधन गर्नेक्रममा आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएपछि उनी आक्रमणमा परेका थिए।

आक्रमण र्भलगत्तै प्रहरी टोलीले साहलाई पहरा दिएर कार्यकक्षमा लगेको थियो।

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्