Kathmandu Press

नेता कार्यकर्तालाई माधव नेपालको आग्रह – गठबन्धनको गीत गाउन छाडाैं

गठबन्धनले सबथोक गरिदिन्छ भनेर नबसौं, अध्यक्ष नेपालले भने, ‘ ७५३ वटै स्थानीय तहमा संगठन निर्माण गरी पार्टीलाई बलियो बनाउन लाग्नुपर्छ, गठबन्धनको गीत गाउन छाड्नुस्।’
नेता कार्यकर्तालाई माधव नेपालको आग्रह – गठबन्धनको गीत गाउन छाडाैं

काठमाडौं, असार ५ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई गठबन्धनको गीत गाएर नबस्न निर्देशन दिएका छन् । आइतबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनबाटै सबैथोक हुन्छ भनेर ढुक्क नबन्न निर्देशन दिएका हुन्।

नेपालले आगामी संसदीय निर्वाचनसम्म पार्टीलाई बलियो बनाउन संगठन निर्माणमा खटिनुपर्ने बताएका हुन्। गठबन्धनले सबथोक गरिदिन्छ भनेर नबसौं, अध्यक्ष नेपालले भने, ‘ ७५३ वटै स्थानीय तहमा संगठन निर्माण गरी पार्टीलाई बलियो बनाउन लाग्नुपर्छ, गठबन्धनको गीत गाउन छाड्नुस्।’

अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा पनि पार्टीले सम्मानजनक मत पाएको बताए । महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख पद जितेको र विभिन्न गाउँपालिकाहरुमा अध्यक्ष पद जितेको बताउँदै उनले अझै सक्रिय भएर जनताको घरघरमा जान सके आगामी निर्वाचनमा महत्वपूर्ण मत पाउन सकिने बताए। 

उनले मतदाताहरुलाई मतपत्र बारे राम्ररी बताउन नसक्दा पनि मत बदर भएको र पार्टीका उम्मेदवारले हार ब्यहोर्नुपरेको बताए। काठमाडौं महानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा पनि पार्टीका उम्मेदवारले जित्न अवस्था रहेको बताए। 

अध्यक्ष नेपालले निर्वाचन आयोगका कारण पनि एकीकृत समाजवादीले पराजय भोग्नुपरेको बताए। मेयर, उपमेयर र अन्य पदका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने प्रतिवद्धता व्यक्त गरेको आयोगले अन्तिममा गएर धोका दिएको उनले बताए।    

 

प्रकाशित मिति: १५:२२ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्