Kathmandu Press

उपाध्यक्षको देवरको मृत्यु हुँदा मर्चवारी गाउँपालिकामा बिदा

रूपन्देही, असार ५ : रूपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देवरको मृत्यु भएको भन्दै आज (आइतबार) गाउँपालिकामा बिदा दिएको छ।उपाध्यक्ष सिंहको देवरको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु...
उपाध्यक्षको देवरको मृत्यु हुँदा मर्चवारी गाउँपालिकामा बिदा

रूपन्देही, असार ५ : रूपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देवरको मृत्यु भएको भन्दै आज (आइतबार) गाउँपालिकामा बिदा दिएको छ।

उपाध्यक्ष सिंहको देवरको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकाले आज सूचना निकालेर बिदा दिएको हो।

गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईको हस्ताक्षरमा जारी सूचनामा आइतबारगाउँपालिका कार्यालय, सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय र अन्य संघसंस्था बन्द हुने जानकारी दिइएको छ।

मृत्युको खबर आएलगत्तै दिउँसो १ बजेबाट बिदा दिइएको बताइएको गाउँपालिका कार्यालय स्रोतले जनाएको छ। ‘उपाध्यक्ष सिंहको देवरको भैरहवामा मोटरसाइकल दुर्घटनामा निधन भएको जनाइएको छ।

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्