Kathmandu Press

एसपिपी सम्झौता गर्ने दुस्साहस गर्ने दुस्साहस कसरी, आयो खोजी गरौं : प्रदीप ज्ञवाली

काठमाडौं, असार ५ : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) गर्ने दुस्साहज कहाँबाट आयो भन्ने खोजी गर्नुपर्ने बताएका छन्।  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय...
एसपिपी सम्झौता गर्ने दुस्साहस गर्ने दुस्साहस कसरी, आयो खोजी गरौं : प्रदीप ज्ञवाली

काठमाडौं, असार ५ : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) गर्ने दुस्साहज कहाँबाट आयो भन्ने खोजी गर्नुपर्ने बताएका छन्। 
 
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा एमाले सांसद ज्ञवालीले संयुक्त राष्ट्रसंघको निलो हेल्मेट लगाएर बाहेक संयुक्त अभ्यास गर्ने गरिएको बताए । उनले अघि भने, ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस राख्न मिल्ने गरी । यत्रो दुस्साहस कहाँबाट पलायो होला?’

उनले नेपाली सेनालाई कमजोर बनाउने षड्यन्त्र पनि हुनसक्ने बताए। त्यसकारण सिंगो देश एक ठाउँमा उभिएकाले एसपीपी अस्वीकार गर्नेतिर गएपनि १० बुँदे मस्यौदालाई यत्तिकै बेवारिसे छोड्न नमिल्ने उनले बताए  

 उनले आगामी दिनमा नेपाली सेनाले गर्ने यस्तो पत्रचारहरुमा परराष्ट्र लगायतका सरोकारवाला मन्त्रालयको राय अनिवार्य लिन निर्देशन दिनुपर्ने समेत बताएका छन् ।


 

प्रकाशित मिति: १३:३३ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्