Kathmandu Press

चलचित्र ‘घामड शेरे’ लाई जोडेर सामाजिक सञ्जालमा बनाइएको ट्रोलप्रति आपत्ति

काठमाडौं, कात्तिक २१ : सामाजिक सञ्जालमा आफ्नो चलचित्र ‘घामड शेरे’ लाई लिएर बनाइएको ट्रोलप्रति निर्माण टिमले  त्यसमा आफ्नो कुनै स....

चलचित्र ‘घामड शेरे’ लाई जोडेर सामाजिक सञ्जालमा बनाइएको ट्रोलप्रति आपत्ति

काठमाडौं, कात्तिक २१ : सामाजिक सञ्जालमा आफ्नो चलचित्र ‘घामड शेरे’ लाई लिएर बनाइएको ट्रोलप्रति निर्माण टिमले  त्यसमा आफ्नो कुनै समर्थन नरहेको जनाएको छ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी निर्माण टिमले फिल्मलाई जोडर बनाइएको ट्रोलप्रति आपत्ति जनाएको हो। कांग्रेस सभापति शेरबहादुर देउवालाई जोडेर बनाइएकोे ट्रोलमा सिनेमाको कुनै सम्बन्ध नरहेको पनि स्पष्ट निर्माण टिमले पारेको छ। 

Hardik ivf

सिनेमाको निर्माण कम्पनी बिसी मोसन पिक्चर्सले कथाको मुख्य पात्र शेरेको व्यवहार, चरित्र र कार्यशैली राजनीतिक व्यक्तिसँग कुनै मेल नखाने बताएको छ। शुक्रबार रिलिज हुने फिल्म हेमराज बिसीको लेखन, निर्देशन र कथामा बनेको हो। 

सिनेमामा निश्चल बस्नेत, स्वस्तिमा खड्का, लोकेन्द्र लेखक, सुष्मा निरौला, बादल भट्ट, रोय, सरोज अर्याललगायतका कलाकारको अभिनय छ।  यस्तै, निर्माण टिमले सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्तो काम नगर्न आग्रह गर्दै राजनीतिक क्षेत्रका अग्रज व्यक्तित्वमा पर्न गएको असरप्रति पनि माफी मागेको छ। 

अभिनेता आसिफ शाहले केही दिनअघि कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्वीरसँग जोडेर सिनेमाको सफलताको कामना गरेका थिए। उनको पोस्टका कारण कांग्रेसको भातृ संगठन तरूण दलले आपत्ति प्रकट गर्दै विरोध जनाएको थियो।
 

प्रकाशित मिति: १७:०७ बजे, बिहीबार, कात्तिक २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्