Kathmandu Press

प्रकृति संरक्षण गर्दै संरचना निर्माण गरौँ : पौडेल

काठमाडौं, असार ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गरेका छन्। व्यास नगरपालिका...
प्रकृति संरक्षण गर्दै संरचना निर्माण गरौँ : पौडेल

काठमाडौं, असार ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गरेका छन्। 

व्यास नगरपालिका र डिभिजन वन कार्यालयद्वारा व्यास–३ स्थित बिपी वनवाटिकामा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालका सहरहरू अत्यन्तै अव्यवस्थित ढङ्गले विकास गरिएको बताए। 

व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकालाई प्रकृतिमैत्री बनाउने अभियान थालिएको बताए। कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पण्डितलगायतले वृक्षरोपण गरेका छन्। 

गुलमोहर, असारे र चेरीका २१ बिरुवा रोपण गरिएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। 

प्रकाशित मिति: १०:३४ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्