आइजिपी नियुक्त विरुद्धको रिटमा आज सुनुवाई हुँदै
काठमाडौं, असार ५ : नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त विरुद्धको रिटमा आज सुनुवाई हुँदैछ। जेठ ३० गते सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश...
काठमाडौं, असार ५ : नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त विरुद्धको रिटमा आज सुनुवाई हुँदैछ।
जेठ ३० गते सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
वरिष्ठता मिचेर मन्त्रिपरिषदले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दिएका थिए।
उक्त रिटमा जेठ १७ गते न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नले एआईजी बढुवा विरुद्धको रिटका प्रत्यासी धीरज प्रताप सिंह, रविन्द्र बहादुर धानुक र बसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागी पेश गर्न आदेश गरेकाे थिए ।
घनश्याम अर्याल सहित ३ जना डीआईजीले अहिलेका आईजीपी धीरज प्रताप सिंह र रविन्द्र बहादुर धानुकलाई वरीयता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए । आईजीपी सिंहले वैशाख १९ मा कार्यभार समालेका हुन्।











