Kathmandu Press

काठमाडौंबाट धनगढी गइरहेको बसका सहचालक खोलामा बेपत्ता

चितवन, असार ५ : नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन्।चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको...
काठमाडौंबाट धनगढी गइरहेको बसका सहचालक खोलामा बेपत्ता

चितवन, असार ५ : नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन्।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना ६ ख ७४६३ नंको बसका सहचालक आज बिहान  चिप्लिएर बेपत्ता भएका हुन्।  

कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसबाट झरेर चाउचाउ किन्न गएका तेजको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ।

अहिले उनको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ।

प्रकाशित मिति: ०८:३७ बजे, आइतबार, असार ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्