तुँवालोले सुकेटार विमानस्थलमा उडान अवरुद्ध
ताप्लेजुङ, असार ५ : ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ।निरन्तरको वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको...
ताप्लेजुङ, असार ५ : ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ।
निरन्तरको वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो। बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध भएको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए।
पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ। निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान हुन नसकेको निगमले जनाएको छ।
प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको छ। मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको निगमका स्टेशन इन्चार्ज लिम्बूले बताए।
निगमका अनुसार सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ नियमित उडान तालिका रहेको छ। लामो समयसम्म उडान अवरुद्ध हुँदा प्रत्यक्षरूपमा यात्रुलाई मार परेको छ।











