टीकापुरमा हात्तीको आक्रमण वृद्धाको मृत्यु
टीकापुर, असार ५ : कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।मजदुरी गरेर घर फर्किरहेकी टीकापुर नगरपालिका–१ ब्लक नं १५ की टङ्क...
टीकापुर, असार ५ : कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।
मजदुरी गरेर घर फर्किरहेकी टीकापुर नगरपालिका–१ ब्लक नं १५ की टङ्क सोडारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी सोडारीलाई आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।
नदी किनारमा तटबन्धका लागि अन्य तीन महिला ढुङ्गा सङ्कलन गरिरहेका थिए। एक्कासी दुईवटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरेको हो।
पछिल्लो समय कैलाली र बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दै गएको छ। यसबाट जङ्गल आसपासमा भएका क्षेत्रमा बर्सेनि दर्जनौँ मानिसको ज्यान जाने गरेको छ।
प्रकाशित मिति: ०६:५२ बजे, आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











