भेरी नदीमा जीप खस्दा दुई जनाको मृत्यु
वीरेन्द्रनगर, असार ५ : रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापनी नजिकै भेरी नदीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।रुकुम पचिमको राडीबाट रिम्नातर्फ...
वीरेन्द्रनगर, असार ५ : रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापनी नजिकै भेरी नदीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
रुकुम पचिमको राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप गएराति दुर्घटना भएको हो। दुर्घटनामा जीप चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय, आठबिसकोटले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा बाँफिकोट गाउँपालिका ८ दुलिका कबिराम बिक र मुसिकोट नगरपालिका ११ का कमल खड्काको मृत्यु भएको छ। कविराम चालक र कमल सहचालक हुन्।
जीपमा दुई जना मात्रै सवार रहेको पाइएको प्रहरीले जनाएको छ। जीप अनियन्त्रित भएर भेरी नदीमा खसेको हो।
प्रकाशित मिति: ०६:२९ बजे, आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











