Kathmandu Press

एमालेलाई बामगठबन्धनको आवश्यकता छैन : उपाध्यक्ष पाैडेल

रूपन्देही, असार ४ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कुनै बामगठबन्धनको आवश्यकता नरहेको बताएका छन।रिटर्नी फेडरेसन नेपालको लुम्बिनी प्रदेश स्तरीय भेलालाई शनिबार...
एमालेलाई बामगठबन्धनको आवश्यकता छैन : उपाध्यक्ष पाैडेल

रूपन्देही, असार ४ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कुनै बामगठबन्धनको आवश्यकता नरहेको बताएका छन।

रिटर्नी फेडरेसन नेपालको लुम्बिनी प्रदेश स्तरीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै पौडेलले गठबन्धन बनाउने नाममा कुनै पनि नेतालाई प्रधानमन्त्री प्रस्ताव नगर्ने भन्दै एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको प्रष्ट पारेका हुन। पौडेलले केहि दलका नेताले आफुलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै कांग्रेससँग बार्गेनिङ गरिरहेको जिकिर गरे। पौडेलले नेकपाको दुईतिहाईको सरकार गिराएर विपक्षीको शरणमा जानेहरुलाई प्रधानमन्त्री स्वीकार गरेर गठबन्धन गर्ने कुराको कुनै तुक नभएको बताए। उनले स्थानीय तहको निर्वाचनमा मतको हिसाबले अहिलेपनि एमाले पहिलो दल बनेको दावी गर्दै आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने ठोकुवा गरे।

पौडेलले विदेशबाट फर्किएका नेपाली युवाहरुलाई स्वदेशमै लगानी गरेर आत्मनिर्भर र आत्मसम्मानको जीवन बिताउन  रिटर्नीहरुले हरेक जिल्लामा सामुहिक रुपमा नमूना आयोजना संचालन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १८:५३ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्