Kathmandu Press

धादिङमा अवैध रासायनिक मल बाेकेकाे ट्रकबाट किसानले चाेरे मल

काठमाडाैं, असार ४ : राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको ट्रकबाट किसानले मल खाेसेर लगेका छन। विभागले शुक्रबार राति धादिङको चरौंदीमा अवैध रासायनिक मल...
धादिङमा अवैध रासायनिक मल बाेकेकाे ट्रकबाट किसानले चाेरे मल

काठमाडाैं, असार ४ : राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको ट्रकबाट किसानले मल खाेसेर लगेका छन। विभागले शुक्रबार राति धादिङको चरौंदीमा अवैध रासायनिक मल लिएर आएको दुई वटा ट्रकलाई नियन्त्रणमा लिएकाे थियाे।

नियन्त्रणपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेके मल किसाले बाटाेमै खाेसेका हुन।

राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्यले सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल खोसेको सूचना पाएको बताए । ‘सशस्त्र प्रहरीको सुरक्षाबाट कसरी मल खोसियो, हामी अनुसन्धान गर्दैछौं’ उनले भने ।

शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४/५ सय किसान भेला भएका थिए। मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन्। त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि कुटपिट समेत गरेको थियो।

प्रकाशित मिति: १८:४७ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्