एसपिपीबारेको विवाद दलहरु मिलेर सल्ट्याउनुपर्छ : पुन
काठमाडौं, असार ४ : माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रक्रिया छलेर एसपिपीबारे सेनाले पत्र पठाइको भन्दै सेना नै विवादमा आउनु गम्भीर विषय भएको...
काठमाडौं, असार ४ : माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रक्रिया छलेर एसपिपीबारे सेनाले पत्र पठाइको भन्दै सेना नै विवादमा आउनु गम्भीर विषय भएको बताए।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस विषयमा राजनीतिक दलहरुले नै नेतृत्व लिएर विवाद अन्त्य गर्नुपर्ने धारणा राखे। पुनले सैन्य सम्झौतालाई कुनै पनि राजनीतिक दलहरुले स्वीकार गर्न नसक्ने स्पष्ट पारे।
उनले परराष्ट्र मन्त्रालयबाट गर्नुपर्ने कामलाई जंगी अड्डाबाट रक्षा मन्त्रालयलाई चिठी पठाउनु कमजोरी भएको तर्क गरे।
प्रकाशित मिति: १८:२५ बजे, शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











