नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक अंग बन्न सक्दैन : ज्ञवाली
काठमाडाैं, असार ४ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल कुनै पनि शक्ति राष्ट्रकोे रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित...
काठमाडाैं, असार ४ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल कुनै पनि शक्ति राष्ट्रकोे रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ज्ञवालीले मुलुकको राष्ट्रहितविपरीत नेपाल शक्ति राष्ट्रकोे रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका हुन्।
स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) का विषयमा धेरै आशंका रहेको भन्दै यसका बिषयमा राज्यले थप स्पष्ट पार्नुपर्ने उहाको भनाई छ। तत्कालीन समयमा नेपाली सेनाले कुनै राजनीतिक नेतृत्वलाई जानकारी नै नदिइ पत्र लेखेको पाइएको उहाले बताउनुभयो।
त्यस्तै उनले सन २०१९ मा इन्डो प्यासेफिकको रिपोर्टमा नेपाल र श्रीलंकालाई एसपीपीको नयाँ सदस्यको रुपमा राखेको पाइएपछि एमाले नेतृत्वको सरकारले कार्यदल नै बनाएर एसपीपीलाई स्थगन गरको दावी गरे।
प्रकाशित मिति: १८:१२ बजे, शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











