Kathmandu Press

एसपिपीका कारण नेपाली सेना विवादमा तानिनु दुखद : महामन्त्री शर्मा

काठमाडौं, असार ४ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का कारण नेपाली सेना विवादमा तानिनु दुखद भएको बताएका छन्।नेपाल शिक्षक...
एसपिपीका कारण नेपाली सेना विवादमा तानिनु दुखद : महामन्त्री शर्मा

काठमाडौं, असार ४ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) का कारण नेपाली सेना विवादमा तानिनु दुखद भएको बताएका छन्।

नेपाल शिक्षक संघ ललितपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेसम्म विवादमा नपरी आएको नेपाली सेना यस प्रकारको गतिविधिमा संलग्न हुनु सुन्दर संकेत नभएको स्पष्ट पारे।

नेपालमा कूटनीतिक अभ्यासभन्दा बाहिरबाट गतिविधि भएकाले नेपाली सेना पनि विवादमा मुछिएको उनको भनाइ थियो। ‘कूटनीतिक प्रक्रियाभन्दा बाहिर गएर गरिने अभ्यास निरन्तर भयो भने देशका लागि दुःखद हुन्छ,’ उनले भने, ‘अहिलेसम्म विवादमा नपरी आएको नेपाली सेनालाई यस प्रकारको गतिविधिमा संलग्न हुने, पहिलेको नेतृत्व संलग्न हुने, अहिलेको नेतृत्व सुसूचित नहुनु सुन्दर संकेत होइन।’

एसपिपीका लागि एउटा सरकारको पालामा पत्राचार हुनु र अर्को सरकारले चालै नपाउनु कूटनीतिक अभ्यासमा गम्भीर कमजोरी भएको बताउँदै उनले भने, ‘हामी कति कूटनीति अभ्यासबारे गम्भीर रहेनछौं। कुनै पत्र लेखिन्छ। पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ। पत्र पाउनेले पाइसक्छ। लेख्नेले लेखिसक्छ। न तपाई थाहा पाउनुहुन्छ, न म थाहा पाउँछु। न सरकारले थाहा पाउँछ।’

यस्तो प्रवृत्ति समुन्नत राष्ट्र निर्माणमा बाधक हुने उनको भनाइ थियो। यस्ता विषयलाई लिएर एउटा दलले अर्कोलाई खसाल्ने खालको अभिव्यक्ति दिँदा राष्ट्रिय एकता कमजोर हुने महामन्त्री शर्माको भनाइ थयिो।

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्