एसपिपीबारे स्पष्ट पार्नुपर्ने भन्दै नेकपा एसनिकट युवा संघ सडकमा
काठमाडाैं, असार ४ : ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)मा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादी निकट युवा संघले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ।एसपिपी...
काठमाडाैं, असार ४ : ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)मा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादी निकट युवा संघले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ।
एसपिपी राष्ट्रको हित बिपरित रहेको भन्दै यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनीहरुले भनाइ छ।
माइतिघरमा भएको प्रदर्शनका सहभागीहरुले एसपीपी अस्वीकार गर, आन्तरिक मामिलामा हस्तक्षेप नगर, लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
एसपिपीका विषयमा विभिन्न व्यक्ति र संस्था जोडिएको र थप अन्यौलता सिर्जना गरेकाले यर बिषयमा जनतालाई स्पष्ट पार्नुपर्ने उनीहरुले बताएका छन्।




प्रकाशित मिति: १७:२९ बजे, शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











