एसपिपीमा नेपालले कुनै हालतमा सम्झौता गर्नुहुँदैन : रायमाझी
काठमाडाैं, असार ४ : एमाले नेता टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुनेमा जाेड दिएका...
काठमाडाैं, असार ४ : एमाले नेता टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुनेमा जाेड दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि बताए।
नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे। अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरुले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए।
उहाले अब दलहरुले राष्ट्रियताको प्रश्नमा खासगरी विकास र समृद्धिको पक्षमा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा एकमत हुन जरुरी रहेको धारणा राखे।
रायमाझीले दलहरुले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राख्दै विकास र समृद्धिको एजेण्डामा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।











