Kathmandu Press

आसामको करिमगन्जमा हजार किलो गाँजा बरामद

आसाम, असार ४ : आसाम–त्रिपुरा सिमानमा पर्ने करिमगञ्ज जिल्लाको चुराइबारीबाट प्रहरीले एक हजार किलोभन्दा बढी गाँजा बरामद गरेको छ।त्रिपुरा राज्यबाट आउँदै गरेका दुईवटा ट्रकबाट उक्त...
आसामको करिमगन्जमा हजार किलो गाँजा बरामद

आसाम, असार ४ : आसाम–त्रिपुरा सिमानमा पर्ने करिमगञ्ज जिल्लाको चुराइबारीबाट प्रहरीले एक हजार किलोभन्दा बढी गाँजा बरामद गरेको छ।

त्रिपुरा राज्यबाट आउँदै गरेका दुईवटा ट्रकबाट उक्त परिमाणको गाँजा बरामद भएको हो। 

Hardik ivf

दुईवटा ठूला ट्रकमा जाँच गर्दा एउटामा भित्री कोठा भेटिएको तथा त्यसमा खानतलासी गर्दा सातसय त्रिसट्ठी पाकेट गाँजा फेला परेको चुराइबारी प्रहरी कार्यालयका निरञ्जन दासले बताए। 

जाँचको क्रममा भागेको अर्को ट्रकलाई नियन्त्रणमा लिइएको र कारबाहीमा परेका दुवै ट्रकबाट एकहजार तीन किलो गाँजा बरामद भएको उनले जनाए।

लिटन सरकार नाम गरेका चालकलाई पक्राउ गरएको जानकारी दिँदै उनले अभियुक्तविरुद्ध मुद्दा दायर गरी अनुसन्धान थालिएको बताए।

प्रकाशित मिति: १३:४७ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्