Kathmandu Press

टेक्ससका लागि पर्यटनदूतमा सुवेदी नियुक्त

काठमाडाैं, असार ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ।एनआरएनका अभियन्तासमेत रहनुभएका उनलाई...
टेक्ससका लागि पर्यटनदूतमा सुवेदी नियुक्त

काठमाडाैं, असार ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ।

एनआरएनका अभियन्तासमेत रहनुभएका उनलाई नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट  दुई वर्षका लागि उक्त पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्रसहित सपरिवार अमेरिका बस्दै आएका छन्। उनी गैरआवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय उपसंयोजक रहनाका साथै विगतमा गैरआवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन्।

सुवेदीबाट  नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह हुने मन्त्रालयको अपेक्षा छ।

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्