Kathmandu Press

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन, असार ४ : नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ।चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुक्खा पहिरो खसेपछि सडक...
नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन, असार ४ : नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। 

अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, असार ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्