Kathmandu Press

‘पद्मा पुल बिआरआईको हिस्सा होइन’

ढाका,असार ४ : बङ्गलादेशले पद्मा पुल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को हिस्सा नभएको स्पष्ट पारेको छ।विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी...
‘पद्मा पुल बिआरआईको हिस्सा होइन’

ढाका,असार ४ : बङ्गलादेशले पद्मा पुल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को हिस्सा नभएको स्पष्ट पारेको छ।

विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पद्मा बहुद्देशीय पुलमा विदेशी लगानी नरहेको स्पष्ट गरेको हो। 

पद्मा बहुद्देशीय पुल पूर्णरूपमा बङ्गलादेश सरकारको लगानीमा बनाइएको र त्यसमा कुनै पनि द्विपक्षीय वा बहुपक्षीय निकायबाट आर्थिक लगानी नरहेको विदेश मन्त्रालयले जनाएको छ।

बिआरआई र विदेशी लगानीमा पुल बनाइएका समाचार सार्वजनिक भएपछि बङ्गलादेश सरकारले त्यसको खण्डन गर्दै वास्तविकता जनसमक्ष प्रस्तुत गरेको हो। आगामी शनिबार उक्त पुल आवागमनका निम्ति खुला गरिँदैछ। 

विदेश मन्त्रालयका अनुसार पद्मा पुलले दक्षिणपश्चिम भेगका १९ जिल्लालाई देशका अन्य भागसँग जोड्ने तथा त्यसले सामाजिक–आर्थिक विकासका साथै क्षेत्रीय सम्पर्क विस्तारमा योगदान गर्नेछ। 

प्रकाशित मिति: १२:३० बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्