Kathmandu Press

मोदीको मातृभक्ति : आमाको खुट्टा धोएर लिए आशीर्वाद

नयाँ दिल्ली, असार ४ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन्। प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १००औँ जन्मदिन हो।...
मोदीको मातृभक्ति : आमाको खुट्टा धोएर लिए आशीर्वाद

नयाँ दिल्ली, असार ४ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन्। 

प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १००औँ जन्मदिन हो। प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन्। 'आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,' उनले आज बिहानै ट्विट गर्दै भनेका छन्। 

Hardik ivf

तीन महिनाअघि उनले आफ्नी आमालाई भेटेका थिए। हीराबेन मोदीको जन्म शतवार्षिकीका अवसरमा आजै गान्धीनगरको एउटा सडकलाई अब हीराबेन मोदी मार्ग नामकरण गरिने नगरप्रमुख हितेश मवानले बताएका छन्।

हीराबेन मोदीबाट भावी पुस्ताले त्याग, तपस्या, सदाचार र सेवाको पाठ सिकुन् भन्ने उद्देश्यले सडकको नाम हीराबेन मोदी राखिएको जनाउँदै गान्धीनगर नगरका प्रमुखले प्रधानमन्त्रीकी माताको नाम जीवित राख्न पनि त्यसो गरिएको स्पष्ट गरे। 

आमाबाट आशीर्वाद लिएर प्रधानमन्त्री मोदी पञ्चमहल जिल्लाको प्रसिद्ध तीर्थस्थल पावगढको भ्रमण गर्ने कार्यक्रम रहेको गुजरात सूचना विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: १२:२६ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्