Kathmandu Press

कैलालीका पालिका नगर तथा गाउँसभाको तयारीमा

कैलाली, असार ४ : कैलालीका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेका छन् ।कैलालीका पालिकाहरु असार १०...
कैलालीका पालिका नगर तथा गाउँसभाको तयारीमा

कैलाली, असार ४ : कैलालीका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेका छन् ।

कैलालीका पालिकाहरु असार १० भित्र सुरु गर्नुपर्ने नगर तथा गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव संकलन, माग र आवश्यकता संकलनमा जुटेका छन्।

Hardik ivf

पालिका वडा स्तरबाट योजना ल्याउन विभिन्न टोल तथा बस्तीमा जनप्रतिनिधि तथा कर्मचारी गइरहेका छन्। कैलालीको जानकी गाउँपालिकाले बस्तीस्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गरिरहेको छ। जानकीमा यही असार ७ र ८ गते गाउँसभा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले जानकारी दिए।

‘गाउँबस्ती तहबाट योजना छनोटको काम भएको छ। योजनाअनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बसेर बजेटको सीमा निर्धारण गरेर कार्यक्रम ल्याएका छौं’, अध्यक्ष चौधरीले भने, ‘विभिन्न राजनीतिक दल तथा संघसंस्थाको सुझाव संकलन, राजस्व परामर्श समितिको बैठकमा छलफल गर्नुका साथै बजेट, कार्यक्रम तथा योजना तर्जुमा समितिको बैठकमा छलफल गरी गाउँ सभाको तयारीमा जुटेका छौं ।’

टीकापुर नगरपालिकाले पनि नगरसभाको तयारी सुरु गरेको छ । असार १० गते नगरसभा गर्ने तयारीमा जुटेको नगरपालिकाले असार ५ गतेभित्र बजेट, कार्यक्रम तथा योजना तर्जुमा समितिमा योजना छनोट गरी पठाइसक्न वडा कार्यालयलाई निर्देशन दिएको छ । त्यसैअनुरुप विभिन्न छलफल लगायतका कार्य भइरहेका नगर प्रमुख रामलाल डगौरा थारु बताए।

नगर प्रमुख थारु टीकापुरले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताए। ‘शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन्”, उनले भने, ‘बजेट तथा कार्यक्रम ल्याउँदा नगरको दिगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ। त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौं ।’
 
कैलालीकै भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले पनि असार १० भित्रै सभा सुरु गर्ने गरी काम थालेका बताएका छन् । जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी असार १० भित्रै सभा सुरु गर्ने गरी बस्तीस्तरमा योजना छनोट, विभिन्न क्षेत्रसँग छलफलका काम भइरहेका बताए। रासस

प्रकाशित मिति: १०:५६ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्