Kathmandu Press

सर्लाही जिसस प्रमुखमा कांग्रेसका सिंह विजयी

सर्लाही, असार ४ : जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर सिंह निर्वाचित भएका छन्।उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि छुट्याइएको समयभित्र कांग्रेस–माओवादी...
सर्लाही जिसस प्रमुखमा कांग्रेसका सिंह विजयी

सर्लाही, असार ४ : जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर सिंह निर्वाचित भएका छन्।

उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि छुट्याइएको समयभित्र कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको उम्मेदवारी परेको थियो।

Hardik ivf

त्यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जीतेन्द्र महतो निर्विरोध निर्वाचित भएका छन्। उपप्रमुखमा पनि माओवादीका उम्मेदवार महतोको मात्रै उम्मेदवारी परेपछि दुवैजना निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले बताए।

सदस्यमा कांग्रेसबाट हरिपुर नगरपालिका–५, का अलाउदिन मियाँ, हरिपूर्वा नगरपालिका–५, की रामशिलाकुमारी यादव, चक्रट्टा गाउँपालिका–४, की रेखादेवी साह, लालबन्दी नगरपालिका–१७, का रामबहादुर बोम्जन, ईश्वरपुर नगरपालिका–१५, की पासवतीदेवी थरुनी र गोडैता नगरपालिका–६, की सोनावती देवी चयन भएका छन्। त्यसैगरी, माओवादीबाट लालबन्दी नगरपालिका–१५, का हेम कार्की सदस्यमा चयन भएका छन्।

पाल्पा जिसस प्रमुखमा एमाले

जिल्ला समन्वय समिति पाल्पाको प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

जिसस प्रमुखमा टङ्कनाथ खनाल निर्वाचित भएका छन् भने उपप्रमुखमा काशिका गैरे निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सदस्यमा वसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएका छन्।

प्रकाशित मिति: ०८:०१ बजे, शनिबार, असार ४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्