Kathmandu Press

अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा एकको मृत्यु, छ घाइते

काबुल, असार ३ : उत्तरी कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा रहेको मस्जिदमा शुक्रबार विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। उक्त घटनामा...
अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा एकको मृत्यु, छ घाइते

काबुल, असार ३ : उत्तरी कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा रहेको मस्जिदमा शुक्रबार विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। उक्त घटनामा परी अन्य छ जना घाइते भएका बताइएको छ।

देशको उत्तरी क्षेत्रमा रहेको आलेफबर्डी मस्जिदमा स्थानीय समयअनुसार दिउसो १ः३५ बजे भएको उक्त विस्फोटको एक प्रत्यक्षदर्शीले पुष्टि गर्दै भने, 'मश्जिदमा दर्जनौं उपासकले प्रार्थना गरिरहेका थिए। विस्फोटमा परी कम्तीमा एकजनाको मृत्यु भएको र थप छ जना घाइते भएका छन्।'

यसैबीच अर्का प्रत्यक्षदर्शी मोहम्मद करीमले मस्जिदभित्र भएको विस्फोटमा एक जनाकोे मृत्यु भएकोे र केही उपासकहरू घाइते भएका बताए। कुन्दुज प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले विस्फोटको पुष्टि गर्दै यो विस्फोटमा मानवीय क्षतिसमेत भएको तर यसबारे अनुसन्धान पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए।

यस आक्रमणको अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले जिम्मेवारी दाबी गरेको छैनन्।    अप्रिलको अन्ततिर कुन्दुज प्रान्तको एउटा मस्जिदमा पनि यस्तै विस्फोट भएको र उक्त विस्फोटको कट्टर इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो। उक्त घटनामा झन्डै तीन दर्जनको मृत्यु भएको र अन्य ४० जनाभन्दा बढी घाइते भएका थिए।

प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, असार ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्