Kathmandu Press

५५ लाख बराबरको तेलसहित भारतीय ट्रक बरामद

सप्तरी, असार ३ : सशस्त्र प्रहरीले आज सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट...
५५ लाख बराबरको तेलसहित भारतीय ट्रक बरामद

सप्तरी, असार ३ : सशस्त्र प्रहरीले आज सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट एक हजार ५०० टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको यूपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रक चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई पनि नियन्त्रणमा लिएको सप्रनि तामाङले बताए। तेलको बजारको मूल्य ५४ लाख ९६ हजार रहेको छ।

Hardik ivf

नियन्त्रणमा लिइएको ट्रकको मूल्य ५५ लाख र तेलको मूल्य ५४ लाख ९६ हजार राखेर तेलसहित ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

गस्ती टोलीको नेतृत्व गर्दै सप्रनि तामाङले ट्रक चालकलाई सोधपुछ तथा चेकजाँच गर्दा उक्त तेल र ट्रकको नेपाली कागजपत्र र विजक नपाएपछि नियन्त्रणमा लिएको बताइएको छ। ट्रक चालकले कुनै बेला भारत हिँडेको त कुनैबेला बाटो बिर्सिएर नेपाल प्रवेश गरेको बताएका छन्।

प्रकाशित मिति: २०:०४ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्