Kathmandu Press

थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार ३ : नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार २ सय ३४ पिसिआर परिक्षणका क्रममा २४...
थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार ३ : नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार २ सय ३४ पिसिआर परिक्षणका क्रममा २४ जना र १ हजार ३ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ७७ जना निको भएका छन्।

हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्