Kathmandu Press

ब्रिक्सको चौधौं शिखर सम्मेलन आगामी साता चीनमा हुँदै

चीनका राष्ट्रपति सी चिनफिङले ब्राजिल, रूस, भारत, चीन र दक्षिणअफ्रिका सदस्य रहेको ब्रिक्सको १४ औँ शिखर सम्मेलन आगामी साता आयोजना गर्ने भएका छन्। चिनियाँ...
ब्रिक्सको चौधौं शिखर सम्मेलन आगामी साता चीनमा हुँदै

बेइजिङ, असार ३ : चीनका राष्ट्रपति सी चिनफिङले ब्राजिल, रूस, भारत, चीन र दक्षिणअफ्रिका सदस्य रहेको ब्रिक्सको १४ औँ शिखर सम्मेलन आगामी साता आयोजना गर्ने भएका छन्। 

चिनियाँ विदेश मन्त्रालयका अनुसार श्रव्यदृश्यका माध्यमबाट आयोजना हुने उक्त सम्मेलनको मुख्य विषय ‘उच्च गुणस्तरको ब्रिक्स साझेदारी विश्वव्यापी विकासका लागि नयाँ युगको शुरूवात’ हुनेछ। राष्ट्रपति सीले यही असार १० गते विश्व विकाससम्बन्धी उच्चस्तरीय बैठक आयोजना गर्नेछन्। 

Hardik ivf

बैठकमा ब्रिक्स नेता,उदीयमान अर्थतन्त्र भएका मुलुक र विकासोन्मुख देशका नेताले भाग लिनेछन्। चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक याङ जेइचीको अध्यक्षतामा ब्रिक्स राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रिय सुरक्षासम्बन्धी उच्च प्रतिनिधिहरूको सहभागितामा भएको १२ औँ बैठकपछि हुन लागेको हो। 

गत बुधबार भएको उक्त बैठकमा प्रतिआतङ्वाद र साइबर सुरक्षासम्बन्धी कार्यदलको समीक्षा भएको थियो। बैठकका सहभागीले अन्तर्राष्ट्रिय आतङ्कवादको प्रतिवाद र साइबर सुरक्षा सहयोगका लागि योजना एवम् मार्गचित्र बनाउन सहमति जनाएका छन्।

साथै उनीहरूले विश्वव्यापी समस्यालाई विश्वसनीयता, समानता र जवाफदेहिताका साथ सम्बोधन गर्न तथा बहुपक्षीय प्रणालीमा तत्काल सुधारको आवश्यकतामा जोड दिएका थिए।

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्