आमरण अनशनमा बसिरहेकी निहारिका करिश्माको घरमा
काठमाडाैं, असार १ : करिश्मा मानन्धरले एक सातादेखि आमरण अनशनमा बसेकी ‘कुमारी आमा’ निहारिका राजपुतलाई आफ्नो घरमा पुर्याएकी छन्।निहारिकासँग आफ्नो घरमा खिचेको तस्बिर...
काठमाडाैं, असार १ : करिश्मा मानन्धरले एक सातादेखि आमरण अनशनमा बसेकी ‘कुमारी आमा’ निहारिका राजपुतलाई आफ्नो घरमा पुर्याएकी छन्।
निहारिकासँग आफ्नो घरमा खिचेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले निहारिकालाई आफूले साथ दिने बताएकी छन्।
‘धेरैले लेखेर मलाई ट्याग गर्नुभएको रहेछ कि निहारिकालाई तपाईंको दया होइन न्याय चाहिएको हो,’उनले फेसबुकमा लेखेकी छन्, ‘सही कुरा हो । तर तपाई हाम्रो साथ पाइनन् भने उनले न्याय कसरी पाउलिन्?’
१९ वषी वर्षीया किशोरीले जुन हिम्मत देखाएर न्यायको निम्ति लडेकाले उनी आफैमा शक्तिशाली भए पनि अरूको सहायताको खाँचो उनले औंल्याएकी छन्।
‘यो अवस्थामा उनलाई मानसिक र आर्थिक दुवै सपोर्टको आवश्यकता छ,’ उनले लेखेकी छन्। करिश्माले आफ्नो कदमलाई सकारात्मक कोणबाट हेर्न पनि अनुरोध गरेकी छन्।
उनले निहारिका आफ्नी छोरीसरह रहेको पनि बताएक िछन्। ‘जस्ले जे भने पनि निहारिका मेरो छोरि सरह हो मेरो साथ उनीसँग रहनेछ,’ उनले फेसबुकमा उल्लेख गरेकी छन्।
बिहीबार पनि करिश्माले सामाजिक सञ्जालमार्फत निहारिकालाई छोरीको रुपमा आफूले पाल्ने बताउँदै बच्चा लिएर घरमा आउन भनेकी थिइन्। ‘मेरो एउटा छोरी थियो। तिमी भयौ भने दुईटा हुन्छौ। बच्चा लिएर घर आऊ। म छु,’ उनले लेखेकी थिइन्।
१७ वर्षको हुँदा बलात्कारमा परेर बच्चा जन्माएकी उनी न्यायका लागि भन्दै काठमाडौंको वसन्तपुरमा आमरण अनशन बसिरहेकी छन्।












