Kathmandu Press

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५०० नाघ्यो

नयाँ दिल्ली, असार ३ : भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन्।बिहीबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५०० नाघ्यो

नयाँ दिल्ली, असार ३ : भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन्।

बिहीबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो।

Hardik ivf

भारतमा बुधबार र बिहीबार दुईदिनलगातार कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। 

यसवर्षको फेब्रुअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए। गत बिहीबार भारतमा बाह्र हजार २१३ कोरोना सङ्क्रमित भएका थिए। भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३२ लाख ७० हजार ५७७ पुगेको छ। 

यसमध्ये ६३ हजार ६३ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१५ प्रतिशत हो। पछिल्लो एक दिनमा सात हजार ९८५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ८२ हजार ६९७ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.६४ प्रतिशत रहेको छ। 

कोरोना महामारीबाट  बिहीबार भारतमा १४ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण ५ लाख २४ हजार ८१७ को मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा  सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ८४ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्