Kathmandu Press

इजरायली सेनाको आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु

जेनिन, असार ३ : कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टिनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको...
इजरायली सेनाको आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु

जेनिन, असार ३ : कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टिनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ। यस आक्रमणमा परी अन्य १० जना घाइते भएका छन्।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो।

एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन्  जहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ।

फोटोग्राफरले जेनिनको शवगृहमा तीन जनाको शव देखेको बताए। उनीहरुको पहिचान जेनिनका २३ वर्षीय युसेफ सलाह, २४ वर्षीय बारा लहलुह र २४ वर्षीय लैथ अबु सरुर रहेको बताइएको छ।

जेनिनमा दुई फरक स्थानमा हतियार खोज्नको लागि अभियान चलाएको इजरायली सेनाले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, असार ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्