Kathmandu Press

‘तालबजार बचाउ आवश्यक’

मनाङ, असार ३ : नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङले हिमाली जिल्ला मनाङको इन्टर्नपोइन्ट तालबजारको संरक्षण गर्न आवश्यक रहेको बताएका छन्।जिल्ला समन्वय समितिका निर्वाचित...
‘तालबजार बचाउ आवश्यक’

मनाङ, असार ३ : नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङले हिमाली जिल्ला मनाङको इन्टर्नपोइन्ट तालबजारको संरक्षण गर्न आवश्यक रहेको बताएका छन्।

जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख, उपप्रमुखलगायत सदस्यलाई बधाई दिँदै पूर्व राज्यमन्त्री गुरुङले गतवर्ष मर्स्याङ्दी नदीमा आएको बाढीपहिराले नासों गाउँपालिकामा बढी क्षति पुगेको बताए। 

Hardik ivf

'नासों गाउँपालिकामा मस्र्याङ्दीको बाढीले तालबजार पूर्णमा क्षतिग्रस्त भएको थियो, तालगाउँ आन्तरिक तथा बाह्य पर्यटक र मनाङवासीको इन्टर्नपोइन्ट भएकाले यसलाई बताउन आवश्यक छ, तालबजारको संरक्षणका लागि अहिले तटबन्धन निर्माण कार्य भइरहेको छ,' उनले भने, 'विपदग्रस्त जिल्लालाई समावेश गरेर सङ्घ सरकारमार्फत विपद् व्यवस्थापन विभागबाट रु तीन करोड १४ लाख बजेट विनियोजन भएपछि तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माण भइरहेको छ।' 

मनाङको मेरुदण्डका रुपमा रहेको विपदबाट क्षतिग्रस्त बेंसीसहर–चामे सडकखण्ड निर्माणका लागि विगतमा बहुवर्षीय योजनाका रुपमा परेको बजेटबाहेक अन्य पर्न नसकेको उनले बताए। 

मनाङको मेरुदण्डको सडक निर्माणका लागि ट्र्याक खोलिएको १० वर्ष भएको छ। कांग्रेसकै पहलमा बाढीपहिरोबाट क्षतिग्रस्त सडकको ट्र्याक निर्माणका लागि राष्ट्रिय योजनाका उपाध्यक्ष, प्रदेशको राष्ट्रिय योजनाका उपाध्यक्ष, सडक विभागको प्राविधिकको टोलीले अध्ययन तथा अनुसन्धान गरिएको र निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको उहाँको जिकिर छ। मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम भइरहेको छ। 

प्रकाशित मिति: १५:१२ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्